संवैधानिक इजलासः न्यायाधीश भट्टराई हटाउन निवेदन परेपछि जंगिए प्रधानन्यायाधीश राणा


काठमाडौंआइतबार गठन गरी संवैधानिक इजलासमा सुरु भएको प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दाको बहसको सुरुआतमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जंगिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका तीन जना वकिलहरूले इजलासमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराई हटाउनुपर्ने माग गर्दै इजलासमा निवेदन दिएपछि राणाले मानाहानीको मुद्दामा कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

रिट निवेदनकर्ता मध्येका ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग सम्बन्धी मुद्दामा भट्टराईलाई सुनुवाई समितिमा रहँदा सफाई दिएको भन्दै यो मुद्दा हेर्न नमिल्ने ओलीका वकिल राजाराम घिमिरेको दाबी थियो।

घिमिरेसँगै यज्ञमणि न्यौपाने दिपक मिश्रले पनि उक्त विषयमा पूरक निवेदन लगेका थिए। प्रधानन्यायाधीश राणाले निवेदन फिर्ता लिनका लागि चेतावनी दिँदै मानाहानीसम्मको मुद्दा चलाउने बताएका थिए।

संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई जारी छ।

प्रतिक्रिया