

देशभर थप २५६९ संक्रमित, एकैदिन २६ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको ।
त्यस्तै २६ कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ११७४ पुगेको छ ।
उपत्यकामा थप १२६१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १६६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ रहेको छ ।

