

कोरोनाबाट धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

काठमाडौं– कोरोना संक्रमणका कारण उपचाररत धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको शुक्रबार निधन भएको छ।
ललितपुरस्थित स्टार अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको थियो। ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

