सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक आज


काठमाडौं– सर्वोच्च अदालतका सबै न्यायाधीश अर्थात् फूलकोर्टको बैठक आज बस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले डाकेको बैठकमा कोरोना महामारीका बेला सीमित गरिएको सेवाको दायरा फराकिलो बनाउने विषयमा केन्द्रित रहने बताइएको छ।

बरिष्ठताका आधारमा गठन हुने संवैधानिक इजलाशका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया