कोरोना संक्रमित जिल्ला न्यायाधीशको निधन


File Photo

काठमाडौँ – कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत न्यायाधीश पौडेलको बिहीबार निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया