पूर्वराजा ज्ञानेन्द्रले दिए संक्रमणमुक्त भएपछि पूर्वरानी कोमलसहित पहिलो सन्देश (भिडियोसहित)


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्रले कोरोना संक्रमणमुक्त पछि पहिलोपल्ट भिडियो सन्देश दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पत्नी एवं पूर्वरानी कोमललाई साथमै राखेर आप्mनो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

मास्क लगाएर आएका ज्ञानेन्द्रले भिडियो सन्देशअघि मास्क खोलेर आफ्नो भनाई राखेका थिए । त्यतिबेरसम्म पूर्वरानी कोमल शाह भने मास्क लगाएर सँगै बसिरहेकी देखिन्छिन् ।

सन्देशमा ज्ञानेन्द्रले आफूहरु पूर्ण स्वास्थ्यको क्रममा रहेकाले अहिले उपचारको क्रममा रहेका सबै नेपालीहरुलाई शीर्घ स्वास्थ्य लाभको कामना सँगै मृतकहरुप्रति चीर शान्तिको कामना समेत गरेका छन् ।

भिडियो सन्देश  शब्दमाः

नमस्ते

हाम्रो स्वास्थ्य बारे चिन्ता, चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चहान्छौं । अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं । तर, देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ ।

प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चहान्छौं । म तपाईहरु सबै सँग सुरक्षित, साबधान तथा स्वास्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्य लाभसँगै यो महामारीमा जीवन गुमाउनेहरुका आत्माको चीर शान्तिको कामना गर्दछु ।

श्री पशुपति नाथले ती सबै परिवारमा धैर्यधारणको लागि शक्ति प्रदान गरुन्

जयनेपाल ।

 

भिडियोः

प्रतिक्रिया