विदेशबाट फर्किनेका लागि तयार गरिएका ५ पाँचतारेसहित यी हुन् ७८ क्वारेन्टिन होटल


काठमाडौं – सरकारले विदेशबाट फर्किएका शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।

नेपालमा दोस्रो लहरको कोरोना भाईरस फैलिएपछि सरकारले अन्तराष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध मंगलबारबाट पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।

सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । जसअनुसार क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड समेत तोकेको छ ।

विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको छ ।

विभागले काठमाडौंका सांग्रिला, होटल र्‍याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकेको छ ।

यी होटल सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टिन बनाउन सहमत भएका छन् । चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रुले क्वारेन्टिन बस्न सक्ने छन् ।

यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचिमा राखिएको छ ।

त्यस्तैक्वारेन्टिन बसेवापत लिने शुल्क भने सरकारले तारे होटलको तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ ।

नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

 

क्वारेन्टिन होटलको सूची:

प्रतिक्रिया