

उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुन: लम्बिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ २१ गतेदेखि पुन: १० दिन निषेधाज्ञा थप गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ ।
जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

