एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्तातिर नेताहरू केन्द्रित


काठमाडौं– बुधबारका लागि तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ। विहीबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरी बैठक स्थगित गरिएको हो।

नेताहरुको व्यवस्तताका कारण बैठक स्थगित गरिएको एमालेले जनाएको छ। माधवकुमार नेपाल पक्षका नेताहरुसँग एकता वार्ता गरिरहेका कारणले बुधबार त्यता केन्द्रित हुने र एउटा खाका तयार भएपछि बैठक गरिने बताइएको छ।

स्थायी कमिटीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गरेका १२ जना सांसदलाई गर्न लागिएको कारबाही पनि फिर्ता लिनेगरी वार्ता चलिरहेको छ।

प्रतिक्रिया