प्रधानमन्त्री ओली किमांथाकामा


संखुवासभा – प्रधानमन्त्री केपी शर्मा ओली किमाथांका पुगेका छन् ।

हेलिकप्टरबाट संखुवासभा हुँदै किमाथांका आइपुगेका प्रधानमन्त्री ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गका साथै भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्ने तय भएको छ । ओली आजै साँझ राजधानी फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया