

सुनको मुल्य प्रतितोला ९४ हजार ५०० मा कारोबार

काठमाडौँ – नेपाली बजारमा पहेँलो धातुको मुल्य आज एक सय रुपैँयाले बढेको छ ।
मंगलबार सुनको मूल्य बढेर ९४ हजार ५०० रुपैयाँ कारोबार मुल्य कायम भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो । आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ ।
महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।

