यसवर्ष पनि एसईई परिक्षा नहुने, विद्यालय नै अन्तिम मूल्यांकनकर्ता


काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई केही हदसम्म भए पनि ट्रयाकमा ल्याउनका लागि मन्त्रीपरिषद्ले अघिल्लो वर्षजस्तै यसपटक विद्यालयहरुलाई जिम्मेवारी सुम्पिएको छ ।

 

प्रतिक्रिया