चीनको ८ लाख खोप आज आउँदै


काठमाडौं – चीन सरकारले अनुदानमा दिन लागेको १० लाख खोपमध्ये ८ लाख डोज आज नेपाल आउँदैछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए । उक्त खोप लिनका लागि निगमका बरिष्ठ पाइलट विजय लामाको नेतृत्वमा चालकदल चीन प्रस्थान गरेको थियो ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया