

ड्युटीमा खटिएको प्रहरीलाई २५ सय घुस दिन खोज्ने पक्राउ

बुटवल – ड्युटीमा खटिएका प्रहरीलाई २५ सय घुस दिन खोज्ने एक व्यक्ति रूपन्देहीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नंं. १२ डाँडागाउ स्थित ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन लागेको अभियोगमा पाल्पा निस्ती गाउँपालिका वडा नं.२ थामडाँडा घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ डाँडागाउँ बस्ने बर्ष ३७ को लोक बहादुर बयम्बु मगर पक्राउ परेका छन् ।
शंकास्पद अबस्थामा फेला परेका मगरलाई चेकजाँच गर्ने क्रममा मदिराजन्य पदार्थ (३ बाक्सा) लिएर हिँडेका उनलाई सोधपुछ गर्ने क्रममा प्रहरीलाई २ हजार पाँच सय रुपैयाँ घुस दिन लागेको र सार्वजनिक स्थानमा प्रहरीसँग अनावश्यक विवाद गरेकोले उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिएका छन् ।
मगरलाई थप अनुसन्धानका लागि अभद्र ब्यबहार मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको पनि थापाले जनाएका छन् ।

