पछिल्लो २४ घन्टामा देशभर थप ४७६२ संक्रमित, ६४९१ जना कोरोनामुक्त, १ सय १४ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ४ हजार ७६२ जना थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ८० जनाको परिक्षण गर्दा उक्त संख्या थपिएको जनाइएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ९१ जना निको भएका छन् ।  त्यस्तै पछिल्लो २४ घन्टामा १ सय १४ जनाको मृत्यु भएको जनाइएको छ ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया