

विपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफ- ‘भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले लोकप्रिय काम नगर्ने बताएका छन् ।
पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
चुुनाब घोषणा पछि लोकप्रिय बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला ओलीले भने त्यसको खण्डन गर्दै ओलीले भने, ‘भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं । त्यस्ता घटिया काम सरकारले गर्दैन ।’
कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको ओलीले बताए । ओलीले भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छ ।’

