मन्त्रालय बाँडफाँटको प्रस्ताव लिएर बालुवाटारमा महन्थ–राजेन्द्र


काठमाडौं– यसै साता सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमबार बालुवाटारमा पुगेका छन्।

उनीहरूलाई सरकारमा आउनका लागि प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए। मन्त्रालय बाँडफाँटको प्रस्ताव बोकेर दुवै नेता बालुवाटार पुगेका हुन्। जसपाका संसदीय दलका नेता महतोको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग सहमति बनेको छ। जसपाका उनी पक्षधरको बैठकले पनि यहि निक्र्यौल गरीसकेको छ।

सरकारमा सहभागी हुँदा कुन कुन मन्त्रालय लिने भन्ने बारेमाचाहिँ सहमति भएको थिएन। जसपाले गृह मन्त्रालयको पनि दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री ओलीले गृहबाहेकका मन्त्रालय दिएर जसपालाई सरकारमा सामेल गराउँदै मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका छन्।

प्रतिक्रिया