निषेधाज्ञाको समयमा उद्योगलाई ५० प्रतिशत घरभाडा छुट


काठमाडौं – सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।

सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया