११ कक्षाका छात्रालाई विद्यालयबाटै निःशुल्क स्यानिटरी प्याड दिइने


काठमाडौं – सरकारले आगामी वर्ष २०७८/७९ देखि विद्यालयबाटै ११ कक्षाका छात्रहरुलाई निःशुल्क पुस्तक र छात्रालाई स्यानिटरी प्याड वितरण गर्ने जनाइएको छ ।

त्यस्तै दृष्टिबिहीनलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराईनेछ । विद्यालय भर्ना अगाडि सबै विद्यार्थीहरुलाई आँखा, कान, तथा नाकको परिक्षण गरिने जनाइएको छ ।

शनिबार सिंहदरबारमा गरिएको यस वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।

 

प्रतिक्रिया