यी हुन् संवैधानिक इजलाशका ५ न्यायाधीशहरू, कस्तो आउला फैसला?


काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारदेखि हुने प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाईका लागि संवैधानिक इजलाश गठन गरेका छन्।

पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन्। शुक्रबार ११ रिटको पहिलो सुनुवाई हुनेछ। यसका अतिरिक्त विहीबार संवैधानिक इजलाशमा पठाइएका १९ रिटमा पनि सुनुवाई हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध ३० रिट परेका थिए।

कस्तो आउला फैसला?

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट निष्काशित माधवकुमार नेपाल समूह र जसपा उपेन्द्र यादव समूहले फैसला प्रतिनिधि पुनःस्थापनाको पक्षमा आउने अनुमान गरेका छन्।

तर यस पटक संविधानको धारा ७६(७)अनुसार प्रक्रिया पूरा गरेर सदन विघटन गरेका कारण सर्वोच्च अदालत आफ्ना पक्षमा फैसला दिन बाध्य हुने सरकारको अनुमान छ।

५ पुसमा विघटन हुँदा सर्वोच्चको संवैधानिक इजलाशले फैसला दिँदाको नजीरमा बसेर नै नयाँ फैसला आउने अनुमान लगाइएको छ। सो बेला इजलाशले संविधानको धारा ७६ को उपधारा १,२,३,५ को प्रयोग भयो भएन भन्ने व्यवस्थालाई व्याख्या गरेको थियो।

प्रतिक्रिया