यी सामान्य सावधानी अपनाए बच्न सकिन्छ कोरोना संक्रमणबाट


काठमाडौं – अहिले नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर चल्दैछ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण नेपालमा करिब सात हजार नजिक मानिसको ज्यान गईसकेको छ ।

यो रोगको रोकथाम तथा उपचारका लागि कुनै विशेष औषधि उपलब्ध बनिसकेको छैन। रोग प्रतिरोधि क्षमता मजबुद बनाई भाइरससँग लड्नुको विकल्प छैन ।

कोरोना भाइरस संक्रमण हुन नदिन भने सामान्य सावधानीले पनि काम गर्न सक्छ ।

  • मानिसहरूको जमघट, भिडभाडमा नजाने,
  • पटक पटक साबुनपानीले मिचिमिचि हात धुने,
  • भिटामिन सियुक्त फलहरु जस्तैस् कागती, अमला, किवि, जुनार, ब्रोकाउली, अमला, अम्बा, पालक तथा अन्य सागहरु, क्याप्सिकम, लिचि, मेवा, स्ट्रबेरी आदि नियमित खाने,
  • मनतातो पानी पिइरहने,
  • पोषिलो झोलिलो खानेकुरा, सुप खाने,
  • चिन्तामुक्त रहने,
  • ज्वरो आएमा, भाइरसको संक्रमण भएमा प्रशस्त आराम गर्ने,
  • फ्लुजस्तो लक्षण देखिएमा अन्य व्यक्तिबाट टाढै रहि तुरुन्तै चिकित्सकसँग परामर्श गर्ने,
  • आफु सचेत रहने, अरुलाई पनि सचेत गराउने ।

प्रतिक्रिया