

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल, डिपार्टमेन्टल स्टोल खोल्न नपाइने

काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।
तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

