

पौडेल, ढुंगाना र घर्तीले भने– दुई पटक संसद भंग गर्ने प्रधानमन्त्रीको काम अपराधपूर्ण

काठमाडौं– पूर्वसभामुख रामचन्द्र पौडेल, दमननाथ ढुंगाना र ओनसरी घर्तीले दुई पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अपराधपूर्ण रहेको बताएका छन्।
मंगलबार बानेश्वरमा सभामुख अग्नी सापकोटाले परामर्शका लागि बोलाएको बैठकपछि तीनै जनाले उक्त धारणा राखेका हुन्।
सदनको स्थापनाका लागि बाँकी कानुनी र राजनीतिक परामर्शको तयारी सभामुख सापकोटाले गर्ने बताएको पौडेलले जानकारी दिए। सापकोटाले कार्य व्यवस्था समितिको बैठकमा पनि राय राख्ने बताइएको छ।
सापकोटाले बोलाएको परामर्शको बैठकमा नेकपा एमालेका नेता समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङ भने उपस्थित भएनन्।

