

पूर्वमहालेखा परीक्षक दाहालको निधन

काठमाडौं – कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ ।
कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको सोमबार साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उनका भतिजा सुमनले बताए । कोरोना संक्रमण हुनुअघि उनमा कुनै रोगको समस्या थिएन । दाहालका २ छोरा छन् ।

