

पहिलो मात्रा कोभिसिल्ड खोप पाएका जेष्ठ नागरिकलाई एकमहिनाभित्र दोस्रो चरणको खोप लगाइने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या कोरोना विरुद्धको पहिलो मात्रा कोभिसिल्ड खोप पाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई अबको एक महिनामा खोप दिने तयारी गरेको जानकारी दिएको छ ।
मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख विशेषज्ञ डा।रोशन पोखरेलले फागुन तेस्रो सातापछि कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई अबको एक महिनाभित्र दोस्रो मात्रा दिइने बताए ।
यस अघि कोभिसिल्डको दोस्रो मात्रा ८ देखि १२ हप्तामा लगाइएको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा पाइसकेका छन् । सो समयमा छुटेकाहरुलाई समय तोकेर दिने तयारी भएको छ ।
डा।पोखरेलका अनुसार अहिले नयाँ मापदण्ड अनुसार १६ हप्तासम्म लगाउन मिल्ने भनिएकाले सोही बमोजिम खोपको तयारी गरिरहेको हो। यसैगरी सोही कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ५० लाख डोज खोप खरिद गर्न सरकारले पाँच देशलाई पत्रचार गरेको जानकारी दिए ।
मन्त्री त्रिपाठीले खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्रचार गरिएको बताए । उनले नर्वेबाट खोप ल्याउन नर्वेली राजदूतसँग आफूले कुराकानी गरेको र सकारात्मक जवाफ आएको बताए ।

