

दैनिक २५० अक्सिजनको सिलिन्डर माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

सुर्खेत – अक्सिजनको चरम अभाव भएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले धर्ना दिएका छन् ।
प्रदेशमा उनीहरुको माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत माग गर्दै युवाहरूको समूहले आज धर्ना दिएका हुन् ।
प्रदेश सरकारले जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने उनीहरुले बताएका छन् ।

