

निर्वाचनबाट ब्याक हुन दिएका धम्कीहरुको भ्वाइस रेकर्ड नै छः देवकोटा

काठमाडौं — राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आफूलाई चुनावमा नाम फिर्ता लिनका लागि धेरै धम्की आएको बताएका छन् ।
जेठ ६ गते बागमती प्रदेशमा भएको उपनिर्वाचनमा तत्कालीन गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका देवकोटाले आफूलाई चुनावबाट ब्याक हुन कसैले फकाएको र कसैले थर्काएको बताएका छन्।
आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत देवकोटाले त्यसरी फकाउने र थर्काउनेको नाम समयक्रममा आवश्यक परे सार्वजनिक गर्ने बताएका छन्। ‘कसै–कसैको त भ्वाइस रेकर्ड नै राखेको छु,’ उनले लेखेका छन्।
उनले आफू उम्मेदवारीमा अडिग रहेको उल्लेख गर्दै विचलित भएको भए आफ्नोमात्र हैन आफूजस्ता स्वतन्त्र रूपमा कलम चलाउने वुद्धिजीवीको इज्जत प्रतिष्ठा जाने बताएका छन्।
यस्तो छ देवकोटाको स्टाटसः

