१५३ सांसदको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीमा ओलीको दाबी

विपक्षी गठबन्धनमा हस्ताक्षर परेका पाण्डेर विष्टले भने– किर्ते गरियो


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीमा आफूलाई दाबी गरेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्।

विपक्षी गठबन्धन अघि नै प्रधानमन्त्री ओलीले उक्त पत्र बुझाएका थिए। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीसहित १४९ जनाको हस्ताक्षर लिएर पुगेका विपक्षी गठबन्धनका नेता अघि शीतल निवासमा प्रधानमन्त्री ओली पुगेका थिए।

यता, विपक्षी गठबन्धनमा हस्ताक्षर परेका एमाले नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले किर्ते गरेको आरोप लगाएका छन्। शेरबहादुरका लागि आफूहरुले हस्ताक्षर नगरेको उनीहरुको दाबी छ।

प्रतिक्रिया