नागरिकतासम्बन्धी निर्णय राजनीतिक स्वार्थका लागि परिवर्तन नहाेस् : कमल थापा


काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्बन्धी निर्णय परिवर्तन गर्न नहुने बताएका छन् ।

खुला सीमा र खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्वन्धी निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता पाउनबाट कुनै पनि नेपाली वञ्चित हुन नहुने उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।’

प्रतिक्रिया