सिंहदरबारमा प्रधानमन्त्री-बेलायती राजदूतबीच भेटवार्ता


काठमाडौं – नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा ओलीले अहिलेसम्ममको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया