स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर्ड जहाज काठमाडौं आईपुग्यो


काठमाडौं – नेपालका लागी स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री आइपुगेको छ ।

कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत छन् ।

प्रतिक्रिया