भ्याक्सिन तत्काल पठाउन भारत तयार नहुँदा बेलायतले खोल्यो ढोका, परराष्ट्रमन्त्री ज्ञवालीले गरे वार्ता


काठमाडौं– कोभिड–१९ विरुद्धको खोप, स्वास्थ्य सामग्री र महामारीसँग लड्न बेलायतले नेपाल सरकारलाई नगदसहितको सहयोग उपलव्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र बेलायतका लागि दक्षिण एसीया हेर्ने राज्यमन्त्री तारिक अहमदबीच भएको वार्ताका क्रममा उक्त सहयोग चाँडो भन्दा चाँडो उपलब्ध गराउने सहमति भएको हो।

भर्चुअल माध्यमबाट भएको वार्ताका क्रममा उक्त सहयोग नेपाल भित्राउन विमान बेलायतमा पठाइने समेत भएको छ।

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले ट्वीटरमार्फत यस्तो सहमति भएको जानकारी दिएकी छन्। उनले भनेकी छन्,‘सकारात्मक बैठक भएको छ नेपालको संकट व्यवस्थापनका लागि भएको कुराकानीले खुसी छु।’

चीनबाट सीमित खोप आएको र भारतले पनि यो बर्षको अन्तिमसम्म खोप नपठाउने भएपछि नेपालले विकल्पमा छलफल जारी राखेको थियो। छिटो भन्दा छिटो बेलायतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

प्रतिक्रिया