माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको माओवादीका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंत्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श समेत गरेका थिए ।

स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुबाट प्राप्त सुझावका आधारमा बैठकले निर्णय लिने साहले बताए ।

प्रतिक्रिया