विश्व उच्च रक्तचाप दिवस : सन्तुलित खाना खान र व्यायाम गर्न डाक्टरको सुझाव


काठमाडाैं – आज विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ तारिखका दिन याे दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा ‘तपाईंको रक्तचाप सही मापन गर्नुहोस्’ रहेको छ ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी बनाइरहेको डाक्टरहरु बताउँछन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको थियो ।

शहरी क्षेत्रमा उच्च रक्तचापको समस्या बढ्दो छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने डाक्टरहरु बताउँछन् ।

प्रतिक्रिया