सुनको मूल्य बढ्यो, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य ३ सय रुपैयाले बुद्धि भएको छ ।
आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको होछ । त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

त्यसैगरी चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया