भिम रावलको ‘आँखा पाक्यो’, एमाले कार्यदलको बैठक अनिश्चित


काठमाडौं– तीन दिन भित्र एमालेभित्रको समस्या समाधानको प्रतिवेदन तयार पार्नका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालको कार्यादेश पाएको एमाले कार्यदलको बैठक अनिश्चित बनेको छ।

आइतबार बनेको १० सदस्यी कार्यदलमा माधव नेपालका पक्षबाट नेतृत्व गरेका भिम रावलको आँखा पाकेपछि कार्यदलको बैठकको मिति टुंगो नलागेको हो।

सिंहदरबारमा ओली र नेपालबीचको सहमतिका आधारमा दुवै पक्षमा ५–५ सदस्यसहितको कार्यदल गठन गरिएको थियो। जसमा नेपाल पक्षबाट रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।

यस्तै ओलीका पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्।

विवाद समाधानका निम्ति १० जनाबीच वार्ता भई एउटा संयुक्त समझदारीसहितको प्रतिवेदन तयार पार्ने कार्यादेश थियो।

प्रतिक्रिया