भक्तपुरमा जेठ ६ देखि भेरोसेलको दोस्रो मात्रा, ताेकियाे खोप केन्द्र


भक्तपुर – भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन दिने भएको छ ।
वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाइने भक्तपुर नगरपालिकाले जनाएको छ ।

खोप लगाउनको लागि नगरपालिकाले नगरपालिकाको १० वटै वडामा खोप केन्द्र तय गरेको छ । तोकिएको मितिमा खोप केन्द्रमा गएर खोप लगाउन नभ्याएकाहरुलाई जेठ १८ र १९ गते भक्तपुर नगरपालिकाको कार्यालय पछाडि कमलविनायक बक्सिङ हलमा जेठ १७ र १८ गते खोप लगाउने तयारी रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड १९ को लक्षण देखिएको र कोरोना पुष्टि भएको ३० दिन नपुगेकाहरु खोप लगाउन नआउन आग्रह गरेको छ । एउटा वडाका मान्छे अर्काेमा र आफ्नो तालिकाभन्दा अघिपछि खोप लगाउन नआउन पनि नगरपालिकाले आग्रह गरेको छ । खोप केन्द्र र खोप लगाउने तालिकाको सूची तल उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया