फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं — नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

प्रतिक्रिया