

आफ्नै कोठामा सुतिरहेको अवस्थामा एक जना मृत फेला

काठमाडौं – काठमाडौंको नयाँ बजारमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका १६ अन्तर्गतको फलफुल चोक भन्ने स्थानमा चोक डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका-२ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।
उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

