यी हुन् एमाले विवाद मिलाउन गठित कार्यदलका १० सदस्यहरू


काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले १० सदस्यीय कार्यदल गठन गरेका छन्।

ओली र नेपाल पक्षका ५–५ जना सदस्य रहनेगरी कार्यदल गठन भएको हो। कार्यदलले विवादका विषयमा मिहिन ढंगले अध्ययन गरी समाधानका उपाय निकाल्नेछ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्। यस्तै, नेता नेपालका पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।

तीन दिनको समयसीमामा कार्यदलले विवाद समाधानका उपाय निकाल्नुपर्नेछ। पहिला ६ सदस्यीय कार्यदल गठन गर्ने विषयमा कुराकानी भए पनि पछि दुवै पक्षका चार जना थपिए।

प्रतिक्रिया