

बेपत्ता किशोरको शव भेटियो

बलेफी — ब्रामायणी निदमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ।
बलेफी गाउँपालिका वडा नं। ५ स्थित चनौटेका १६ वर्षीय विशाल श्रेष्ठ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
शनिबार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा श्रेष्ठ बलेफी स्थित नदीबाट बेपत्ता भएका थिए ।
साथीहरुसँग पौडी खेल्न गएका श्रेष्ठको स्थानीयले खोजी कार्य सुरु गरेलगत्तै प्रहरी पनि खोजी गरेको थियो ।
डुंगाको सहायताले स्थानीय र प्रहरीले खोजी गर्दा केहि तल ब्रामायणी नदीमा शव भेटिएको हो ।
सँगै पौडी खेलिरहेका साथीहरुका अनुसार उनी खोलामा डुबेपछि निकै समयसम्म नउत्रिएपछि खोजी गरिएको थियो ।
यो पनि हेर्नुहोस्ः

