सिन्धुपाल्चोकको ब्रम्हायनी नदीमा डुबेर श्रेष्ठ बेपत्ता


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको ब्रम्हायनी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । बलेफी गाउँपालिका वडा नं. ५ स्थित चनौटेका १६ वर्षीय विशाल श्रेष्ठ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

शनिबार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा श्रेष्ठ बलेफीस्थित नदीबाट बेपत्ता भएको जनाइएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका श्रेष्ठको स्थानीयले खोजी कार्य सुरु गरेलगत्तै प्रहरी पनि खोजी गर्न आएको थियो । अहिलेसम्म पनि डुंगाको सहायताले स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

खोजी कार्यका तस्विरहरूः

No description available.

No description available.

No description available.No description available.

 

प्रतिक्रिया