महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सिडेनको आर्थिक सहयोग


काठमाडौं – महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सिडेनले आर्थिक सहयोग गरेको छ ।

मानवीय संकटमा सहयोग पुगोस भन्ने उदेश्यले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख १ हजार १ सय १ रुपैया हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका विच सिडेनका अध्यक्षले राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त नगद हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य संकटमा नेपाल सरकार आफ्नो दायित्व बिर्सेर बसेको बेला महावीर पुन र राष्ट्रिय आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जोहो गर्ने, विभिन्न अस्पतालका बिग्रेर थन्केका भेन्टिलेटर र आईसियु मर्मत गर्ने र र अक्सिजन उत्पादक कम्पनीमा आईपरेका टेक्निकल समस्या समाधान गर्ने काम गरिरहनुभएको प्रति उच्च् सम्मान गर्द उक्त रुपैया सहयोग गरेको सिडेनका कोषाध्यक्ष ई. श्याम दाहालले जानकारी दिए

यस विपत्तको बेला महावीर पुनले सञ्चालन गरेको महाअभियानमा सिडेन सदैव प्राविधिक र नैतिक सहयोगका लागि तत्पर रहेको समेत जानकारी गराएको थियो ।

प्रतिक्रिया