गठबन्धन सरकार गठनका लागि राजनीतिक दौडधूप, बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौँ – गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता जारी छन् । केहीबेर अघिमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् । बिहीबार राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र दाहाल गठबन्धन निर्माणको निर्णायक कोसिसमा छन् ।

आजै मात्र आफ्नै निवास पुगेका जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउवाले छलफल गरेका थिए । तर, जसपाको सहयोग र एमालेको खनाल नेपाल समूहले आफ्नो स्थिति स्पष्ट नपार्दा विपक्षी गठबन्धनको पक्षमा बहुमतको अंक अझै सुनिश्चत भएको छैन ।

देउवाले भावी गठबन्धन निर्माणबारे छलफलका लागि आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएक छन् ।

प्रतिक्रिया