नारायणकाजी श्रेष्ठको आक्रोशः जनता ‘मारेर’ कसरी बस्न सकेको छ सरकार?


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको गैरजिम्मेवारी र नालायकीको हद भएको बताएका छन्। ‘अक्सिजन नपाएर कोरोना संक्रमित मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको छ,’ श्रेष्ठको आरोप छ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले लेखेका छन्, ‘आइसियू र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोरोना संक्रमित बिरामी हेर्दाहेर्दै मरिरहेको छन्। उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन्।’

अक्सिजनलगायत व्यवस्थापन गर्न सकिने भए पनि सरकारले गैरजिम्मेवारीपन देखाएको श्रेष्ठले आरोप लगाए। ‘गर्न सक्ने काम पनि नगरी जनता मारेर यो सरकार कसरी बस्न सकेको छ?’ श्रेष्ठले प्रश्न गरे।

राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाइरहेको बताउँदै श्रेष्ठले यस्तोे अवस्थामा पनि सरकार गम्भीर नभएको बताए।

‘अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको असाधारण नमुनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाँउबाट जे–जे गर्न सकिन्छ, सबै लागौं,’ श्रेष्ठले अनुरोध गरेका छन्।

यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै…

Posted by Narayan Kaji Shrestha on Wednesday, May 12, 2021

नेता श्रेष्ठले २८ वैशाखमा कोरोनाबाट सङ्क्रमित आफ्नी बुहारी निर्मला वैद्यलाई उपचार गराउन नसकेर गुमाउनुपरेको थियो।

यो पनि पढ्नुहोस…

नारायणकाजी श्रेष्ठको बिलौनाः ‘समयमा अक्सिजनसहितको बेड नपाएर बुहारीलाई बचाउन सकिन’

प्रतिक्रिया