पूर्वगृह मन्त्रीका दुई ‘पिए’सहित कर्णाली प्रदेशमा थपिए तीन मन्त्री


काठमाडौं– माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री बनिसकेका दुई नेताका स्वकीय सचिव (पिए)का रुपमा काम गरेका दुईसहित तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मन्त्री नियुक्त गरेका छन्।

लामो आन्तरिक खिचातानीपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टसहित समानुपातिक सांसद सीता नेपालीलाई मन्त्रीमा नियुक्त गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएका शर्मा पूर्वगृह मन्त्री जनार्दन शर्माका पिए थिए।  विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ। विष्ट पूर्वगृह मन्त्री शक्ति बस्नेताका पिए थिए। सीता नेपाली मन्त्रालय फुटाएर जलस्रोतमन्त्री बनाइएको छ।

बिमला केसी र नरेश भण्डारीले राजीनामा दिएपछि शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

प्रतिक्रिया