

प्रदेशसभा सदस्य चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ – नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।
पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै उक्त निणर्य गरेको हो ।
सचिव तामाङद्वारा जारी शोक विज्ञप्तिमा वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।
यस्तै पार्टी जिल्ला कार्यालयहरुमा पनि वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टीको झण्डा आधा झुकाउन समेत पार्टीले निर्देशन दिएको छ ।
कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

