

स्वास्थ्य सामाग्री उपलब्ध भएसम्म संक्रमण नियन्त्रण बाहिर जान नदिने नर्भिक हस्पिटलकाे प्रतिबद्धता (विज्ञप्तिसहित)

काठमाडौँ – नर्भिक अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिने बताएको छ ।
‘कोभिड अस्पताल’को रूपमा सेवा दिइरहेको उक्त अस्पतालले कोभिड-१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणपछि उत्पन्न जटिल परिस्थितिमा अक्सिजनलगायत उपचारसामाग्री उपलब्ध भएसम्म कोरोनाको स्थिति काबु भन्दा बाहिर जान नदिने प्रतिबद्धता जनाएको छ ।
राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको भन्दै तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने नर्भिक हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा मानिएको छ ।
हेर्नुहोस् विज्ञप्ति:

