

मुख्यमन्त्री शाहीद्वारा कर्णालीमा थपिए दुई मन्त्री

सुर्खेत – कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् । ।
थपिएका मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्री परिषद्को बैठकमा राजीनामा दिएसँगै मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन्

