नयाँ सरकार बनाउने कांग्रेसको निर्णय, जसपा र नेपाल पक्ष पनि सहयोग जुटाउने कोसिसमा


काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बैठकपछि महतले एमालेका नेपाल पक्ष पनि सहयोग जुटाउने कोसिसमा रहेको बताए । माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत रहेको महतले बताए ।

बैठकमा देउवाले यसबीचमा प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया